प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त – Sagarmathapana:: Online News Portal

प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त

   २०७८ भाद्र १० गते  

 

विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो ।आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका थिए ।

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले पदबाट राजीनामा दिई लचकता देखाएका हुन् ।

आचार्य यसअघि माधव नेपाल गुटमा थिए । नेपालले पार्टी फुटाएपछि उनको साथ छोड्नेहरूको समूहमा उनी पनि थिए । अहिले यो समूह एमालेमै मर्ज भएको छ ।

२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै