भारतीय गायक जुबिन नौटियालको नेपालमा सांगीतिक कार्यक्रम हुने – Sagarmathapana:: Online News Portal

भारतीय गायक जुबिन नौटियालको नेपालमा सांगीतिक कार्यक्रम हुने

   २०८१ आश्विन २२ गते  

काठमाडौँ ।अटिजम भएका व्यक्तिका लागि   भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।
काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ ।

एन-अटिजम केयर फाउण्डेसनले कन्सर्ट आयोजना गरेको हो । सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘सोनाली केबल’मा पार्श्व गायन गर्दै सांगीतिक करिअर थालेका नौटियालले नेपाली फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणमा समेत स्वर दिएका छन् ।

उनले गाएको फिल्म ‘शेरशाह’को गीत ‘रात लम्बियाँ’, अर्को फिल्म ‘बजरंगी भाइजान’को ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’ लागयत हिट छन् । यी गीतका लागि उनले आइफा, फिल्मफेयर र मिर्ची अवार्ड जितेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै