घटस्थापनादेखि ३० गते पूर्णिमासम्म रात्रिकालीन उडान हुने
- काठमाडौं । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४:३० देखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन हुने भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ ।
अविरल वर्षापछिको बाढी पहिरोले हवाई सेवामा यात्रुको चाप रहेको छ ।













