EN
मेनु
Flash News

वेस्टर्न युनियनको दशैँ–तिहार अभियान : हरेक साता १५ हजार, अन्तिममा ५ लाख जित्ने अवसर

काठमाडौं।वेस्टर्न युनियनले नेपालीहरूको प्रमुख चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै नयाँ प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘यो दशैँ म छु सँगै’ नामक अभियानमार्फत विदेशमा रहेका नेपाली र नेपालमा रहेका उनीहरूका परिवारलाई लक्षित गरेको जनाएको छ।

कम्पनीका अनुसार अभियान २०२६ अक्टोबर २ देखि नोभेम्बर २७ सम्म सञ्चालन हुनेछ। नेपाली पात्रोअनुसार यो अवधि असोज १६ देखि मंसिर ११ गतेसम्म रहनेछ।

अभियानअन्तर्गत हरेक साता लक्की ड्रमार्फत ७ जना विजेता छनोट गरिनेछ। प्रत्येक विजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै, अभियानको अन्त्यमा हुने ग्रान्ड बम्पर ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले ५ लाख रुपैयाँ जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

यस योजनामा सहभागी हुन ग्राहकले छुट्टै फारम भर्नुपर्ने व्यवस्था गरिएको छैन। अभियान अवधिमा वेस्टर्न युनियनमार्फत गरिएको प्रत्येक योग्य कारोबारसँगै ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।

कम्पनीका अनुसार अभियान नेपालभरका प्रमुख एजेन्टहरू एटिटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, नबिल बैंक र सूर्य रेमिटमार्फत सञ्चालन हुनेछ।

वेस्टर्न युनियनले नेपालमा करिब तीन दशकदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रकम पठाउने सुविधा उपलब्ध छ।

चाडपर्वको समयमा विदेशमा रहेका नेपालीले परिवारमा रकम पठाउने क्रम बढ्ने भएकाले ग्राहकसँगको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।