२१ देशका लागि नेपाली राजदूतको नाम टुंगो लगाउने तयारी,भारतमा निश्चलनाथ पाण्डेको नाम चर्चामा – Sagarmathapana:: Online News Portal

२१ देशका लागि नेपाली राजदूतको नाम टुंगो लगाउने तयारी,भारतमा निश्चलनाथ पाण्डेको नाम चर्चामा

   २०८३ आश्विन २ गते  

काठमाडौं।परराष्ट्र मन्त्रालयले रिक्त रहेका २२ मध्ये २१ देशका लागि नेपाली राजदूतको नाम टुंगो लगाएको बताइएको छ । यद्यपि, प्रस्तावित सूचीबारे प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहमति बन्न बाँकी रहेको स्रोतको दाबी छ ।

प्रस्तावित नाममध्ये भारतका लागि नेपाली राजदूतमा निश्चलनाथ पाण्डेको नाम पहिलो प्राथमिकतामा रहेको बताइएको छ । त्यस्तै, गौरव शमशेर राणालाई बेलायतका लागि नेपाली राजदूत बनाएर पठाउने तयारी रहेको स्रोतले जनाएको छ ।

चीनका लागि भने रास्वपाको प्राथमिकतामा कल्याण शर्माको नाम रहेको बताइए पनि परराष्ट्र सचिव अमृत राईको नामसमेत चर्चामा रहेको छ ।

अमेरिकाका लागि नेपाली राजदूतको अन्तिम सूचीमा चिरनजंग थापा, अखिलेश उपाध्याय र कृष्ण ज्ञवालीको नाम रहेको बताइएको छ । जापानका लागि जिज्ञन थापाको नाम भने करिब अन्तिम टुंगोमा पुगेको स्रोतको भनाइ छ ।

राजदूत नियुक्तिका लागि प्रस्तावित नाममा राजनीतिक सहमति जुटेपछि सम्बन्धित प्रक्रिया अघि बढ्नेछ । यद्यपि, परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा नाम सार्वजनिक गरिसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै