स्नेहा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज – Sagarmathapana:: Online News Portal

स्नेहा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज

   २०८३ आश्विन २ गते  

काठमाडौँ।अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन २०२६’मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन्।

ग्रीन आट्र्स मिडियाले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज पहिर्याउँदै प्रतियोगिताका लागि नेपालको आधिकारिक प्रतिनिधि घोषणा गरेको हो।

आगामी अक्टोबर ५ देखि भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘मिस युनाइटेड नेसन २०२६’मा राउतले नेपालको तर्फबाट एकल प्रतिनिधिका रूपमा सहभागिता जनाउनेछिन्।

ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै