डिजिटल पार्लियामेन्ट कार्यान्वयनबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल – Sagarmathapana:: Online News Portal

डिजिटल पार्लियामेन्ट कार्यान्वयनबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल

   २०८३ भाद्र ३० गते  

काठमाडौं।प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल पार्लियामेन्ट’को अवधारणालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरेको छ।

सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा सम्पन्न बैठकमा सचिवालयले डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार हालसम्म भएका कार्यप्रगति तथा आगामी योजनाबारे समितिका सदस्यहरूलाई जानकारी गराएको थियो।

प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले आगामी २०८३ भदौ ३१ गते बुधबार परीक्षणको शुभारम्भ गरिने जानकारी बैठकमा दिइएको थियो।

बैठकमा समितिका माननीय सदस्यहरूले डिजिटल पार्लियामेन्टको कार्यान्वयनसँग सम्बन्धित विभिन्न राय, सुझाव तथा परामर्श दिएका थिए। प्राप्त सुझावलाई समेट्दै डिजिटल प्रणालीको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

डिजिटल पार्लियामेन्टको अवधारणाले प्रतिनिधि सभाका कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी, छरितो तथा प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै