एनआरएनए र राष्ट्रिय मानव अधिकार आयोगबीच मानव अधिकारका मुद्दामा सहकार्यबारे छलफल – Sagarmathapana:: Online News Portal

एनआरएनए र राष्ट्रिय मानव अधिकार आयोगबीच मानव अधिकारका मुद्दामा सहकार्यबारे छलफल

   २०८३ आश्विन २ गते  

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय मानव अधिकार आयोगबीच मानव अधिकारका विषयमा आपसी सहकार्य र समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ।

छलफलका क्रममा मानव अधिकारसम्बन्धी सूचना तथा अनुभव आदानप्रदान, दुवै संस्थाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको उपयोग र मानव अधिकारका मुद्दामा संयुक्त रूपमा पैरवी तथा लबिङ गर्ने सम्भावनाबारे विचारविमर्श गरिएको जनाइएको छ।

बैठकमा विभिन्न मुलुकमा रहेका नेपाली समुदायसँग मानव अधिकारका विषयमा प्रभावकारी समन्वय कायम गर्न प्रत्येक देशमा फोकल पर्सन तोक्ने सम्भावनाबारे समेत छलफल भएको थियो।
छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई,महिला उपाध्यक्ष राधिका गुरुङ (टिका),महिला संयोजक रश्मि थापा तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलगायत सहभागी थिए।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट माननीय लिली थापा, मनोज दुवाडीलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

दुवै संस्थाबीचको छलफलले विदेशमा रहेका नेपाली समुदायका मानव अधिकारसम्बन्धी विषयमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने सम्भावनातर्फ ध्यान केन्द्रित गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै