भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल – Sagarmathapana:: Online News Portal

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

   २०८३ भाद्र २९ गते  

काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको हो।
छलफलमा बाढीपछि प्रभावित क्षेत्रको वर्तमान अवस्था, तत्काल देखिएका समस्या, आगामी कार्ययोजना तथा पुनरुत्थानका विषयमा समीक्षा भइरहेको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ।

छलफलमा पाँच जिल्लाका प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्य सहभागी छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत छलफलमा सहभागी भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै