तोकिएको मूल्यभन्दा महँगोमा ग्यास बिक्री गरे लाइसेन्स खारेज गर्ने नेपाल ग्यासको चेतावनी
काठमाडौँ।नेपाल ग्यास उद्योग प्रालिले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्ने डिलर तथा अधिकृत बिक्रेताको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।
बजारमा नेपाल ग्यासको एक सिलिन्डरका लागि २ हजार ८ सयदेखि ३ हजार रुपैयाँसम्म असुल भइरहेको गुनासो बढेपछि उद्योगले सूचना जारी गर्दै तोकिएको मूल्यमा मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको हो ।
नेपाल ग्यासका अनुसार हाल ग्यासको मूल्य २ हजार ६० रुपैयाँ र गाडी भाडा १ सय ५ रुपैयाँ ३८ पैसा गरी प्रति सिलिन्डर कुल २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।
उद्योगले जारी गरेको सूचनामा भनिएको छ, “हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्यासको मूल्य २०६० तथा १०५.३८ गाडी भाडा समेत जोडेर जम्मा २१६५.३८ मा बिक्री वितरण गर्नुहोला।
तोकिएको मूल्यभन्दा बढी रकम लिई ग्यास बिक्री गरेको प्रमाण भेटिएमा सम्बन्धित अधिकृत बिक्रेताको अनुमति समेत खारेज गर्न सकिने नेपाल ग्यासले जनाएको छ।उद्योगले सबै बिक्रेतालाई तोकिएकै मूल्यमा ग्यास बिक्री गर्न आग्रह गरेको छ ।












