टीभीएसको दशैं योजना ‘TVS Golden Key’ सार्वजनिक, खरिदमा १० लाखसम्म नगद छुटदेखि १०० प्रतिशत क्यासब्याकसम्म – Sagarmathapana:: Online News Portal

टीभीएसको दशैं योजना ‘TVS Golden Key’ सार्वजनिक, खरिदमा १० लाखसम्म नगद छुटदेखि १०० प्रतिशत क्यासब्याकसम्म

   २०८३ भाद्र २८ गते  

काठमाडौं।टीभीएस नेपालले दशैं तथा चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना ‘TVS Golden Key’ सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले ल्याएको यस योजनाअन्तर्गत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नेछन्।

योजनाअन्तर्गत ग्राहकले रु. १० लाखसम्म नगद छुट, Gold Key वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
हरेक खरिदमा निश्चित पुरस्कारको व्यवस्था गरिएको भन्दै कम्पनीले यस योजनाले दशैंमा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकलाई थप आकर्षक र लाभदायी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
दैनिक लक्की ड्रमार्फत निःशुल्क सर्भिसको अवसर TVS Golden Key योजनामा निश्चित पुरस्कारसँगै दैनिक लक्की ड्रको सुविधा पनि समावेश गरिएको छ। कम्पनीका अनुसार दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर पाउनेछन्।


यसले सवारीसाधन खरिदपछि ग्राहकलाई दीर्घकालीन सर्भिस सुविधाको थप लाभ प्राप्त गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।
सहज फाइनान्स सुविधा दशैंमा टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउन ग्राहकका लागि सहज फाइनान्स सुविधा समेत उपलब्ध हुने जनाइएको छ। उक्त सुविधा सम्बन्धित नियम तथा सर्तअनुसार लागू हुनेछ।

योजनाको शुभारम्भका अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैं नयाँ सुरुवात, उत्सव र पारिवारिक खुसीको पर्व भएकाले ग्राहकलाई थप मूल्य र आकर्षक अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताउनुभयो।
उहाँले TVS Golden Key मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुका साथै दैनिक लक्की ड्रबाट दीर्घकालीन सर्भिस लाभ जित्ने अतिरिक्त अवसर पाउने उल्लेख गर्नुभयो।

त्यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताउनुभयो।
कम्पनीका अनुसार TVS Golden Key योजनाले सहज फाइनान्स सुविधासँगै नेपालभरका ग्राहकका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउने लक्ष्य राखेको छ।

जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकका रूपमा कार्यरत छ। कम्पनीले राष्ट्रव्यापी नेटवर्क, आफ्टर–सेल्स सपोर्ट तथा विभिन्न टीभीएस मोटरसाइकल र स्कुटरमार्फत नेपाली बजारमा सेवा प्रदान गर्दै आएको छ।
थप जानकारीका लागि: tvsnepal.com 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै