हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला – Sagarmathapana:: Online News Portal

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला

   २०८३ भाद्र २९ गते  

काठमाडौं।हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुविधालाई ध्यानमा राख्दै मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले तीज पर्वका अवसरमा दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउने उद्देश्यले मन्दिर खोल्ने विशेष व्यवस्था गरेको हो। तीजका दिन पशुपतिनाथमा ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले दर्शन व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक तयारीसमेत गरिएको छ।

यसैबीच, मन्दिर परिसरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आज २ हजार ५ सय प्रहरी परिचालन गरिएको छ। प्रहरीले CCTV, ड्रोनलगायतका प्रविधिको प्रयोग गरी मन्दिर परिसर तथा आसपासका क्षेत्रमा निगरानी गरिरहेको जनाएको छ।

भक्तजनको भीड व्यवस्थापन, सुरक्षा तथा सहज दर्शनका लागि सम्बन्धित निकायले आवश्यक समन्वय गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै