रसुवा–नुवाकोट विपत्तिका मृतकप्रति तामाङ समुदायको श्रद्धाञ्जली,छ्युमी बत्ती बालेर चिरशान्तिको कामना
काठमाडौं।रसुवा तथा नुवाकोटमा हालै आएको विनाशकारी विपत्तिमा ज्यान गुमाएकाहरूप्रति तामाङ समुदायले श्रद्धाञ्जली अर्पण गरेको छ।
नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, प्रमुख सल्लाहकार मोहनकुमार गोले तामाङलगायत विभिन्न तामाङ संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित श्रद्धाञ्जली तथा समवेदना कार्यक्रममा मृतकहरूको सम्झनामा छ्युमी बत्ती प्रज्वलन गरिएको थियो।

![]()

कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। सहभागीहरूले विपत्तिबाट प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग र साथ निरन्तर आवश्यक रहेको बताएका थिए।
विपत्तिले धेरै परिवारको आधार गुमाएको अवस्थामा मृतकहरूको सम्झना र उनीहरूप्रतिको सम्मान जीवित राख्नु सबैको साझा दायित्व रहेको सहभागीहरूको भनाइ थियो।
नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति तथा विभिन्न तामाङ संघसंस्थाले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।















