भोटेकोशी बाढीपीडितको उद्धारमा टोखा नगरपालिका, शव व्यवस्थापनमा खटिने जनशक्तिलाई PPE – Sagarmathapana:: Online News Portal

भोटेकोशी बाढीपीडितको उद्धारमा टोखा नगरपालिका, शव व्यवस्थापनमा खटिने जनशक्तिलाई PPE

   २०८३ भाद्र १७ गते  

काठमाडौं।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र उद्धारका लागि टोखा नगरपालिकाले सहयोगलाई निरन्तरता दिएको छ।

नगरपालिकाले यसअघि नै विपद् प्रभावितका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। उद्धार तथा राहत कार्य जारी रहेका बेला टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शव खोजी तथा व्यवस्थापनमा खटिने जनशक्तिको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री (PPE) हस्तान्तरण गरेका छन्।

बाढीका कारण ज्यान गुमाएकाहरूको शव खोजी तथा व्यवस्थापन कार्य जोखिमपूर्ण हुने भएकाले उद्धारकर्मी तथा व्यवस्थापनमा खटिने जनशक्तिको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै PPE उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

विपद्को कठिन परिस्थितिमा मानवीय सेवामा सक्रिय रहँदै आएको टोखा नगरपालिकाले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा शव व्यवस्थापनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै