भोटेकोशी–त्रिशूली बाढी : करिब ६ हजार निजी घर बगे, १२ अर्बको क्षति अनुमान
काठमाडौं।भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देशभर करिब ६ हजार निजी घर बगाएको प्रारम्भिक अनुमान सरकारले सार्वजनिक गरेको छ।
शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बाढीबाट निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको हो।
पूर्वाधार विकास मन्त्रालय मातहतका विभागहरूले मंगलबार पत्रकारसँग गरेको छलफलमा बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरेका हुन्। यद्यपि, प्रभावित क्षेत्रमा क्षतिको विस्तृत विवरण संकलनको काम अझै जारी रहेकाले वास्तविक क्षति अझ बढ्न सक्ने बताइएको छ।















