नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेनेलाई ‘वर्षको प्रेरणादायी व्यक्ति–२०२६’ सम्मान
काठमाडौं । नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेनेलाई तमु धीं यूकेले ‘वर्षको प्रेरणादायी व्यक्ति–२०२६’ सम्मान प्रदान गरेको छ।
पत्रकारिता, महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानको कदर गर्दै सेनेलाई उक्त सम्मान प्रदान गरिएको हो।


![]()

सम्मान प्राप्त गरेपछि अध्यक्ष बिमला सेनेले तमु धीं यूकेका सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले आफूले प्राप्त गरेको सम्मानले पत्रकारिता तथा सामाजिक क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्न थप प्रेरणा मिलेको बताउनुभएको छ।
नेपाल पत्रकार महासंघ यूकेले पनि अध्यक्ष सेनेलाई सम्मान प्राप्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ सक्रिय र सफल भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।














