“यो बाढीले केही कुरा बाँकी राखेको छैन: गृहमन्त्री गुरुङ – Sagarmathapana:: Online News Portal

“यो बाढीले केही कुरा बाँकी राखेको छैन: गृहमन्त्री गुरुङ

   २०८३ भाद्र १७ गते  

१०–२० फिटसम्म लेदो दलदल छ, बाढीको क्षति कल्पना गर्न सकिन्न’ : गृहमन्त्री गुरुङ

काठमाडौं।गृहमन्त्री सुदन गुरुङले रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति अकल्पनीय रहेको बताएका छन्।

मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा जमिनसमेत अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको जानकारी दिए।

स्थलगत निरीक्षणका क्रममा कतिपय स्थानमा १० देखि २० फिटसम्म लेदो र दलदल जमेको उल्लेख गर्दै उनले बाढीले ठूलो क्षति पुर्‍याएको बताए। उनले भने, “यो बाढीले केही कुरा बाँकी राखेको छैन। यसले गरेको क्षति कल्पना पनि गर्न सकिन्न।”

गृहमन्त्री गुरुङका अनुसार जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि सुरक्षा निकाय तथा राज्यका संयन्त्रहरू निरन्तर परिचालित छन्। सुरुङको माथिल्लो भागबाट ड्रिल गरेर भए पनि उद्धारको सम्भावना खोजिरहेको उनले बताए।

सुरुङभित्र फसेकाहरूलाई अझै जीवितै उद्धार गर्न सकिने आशा रहेको भन्दै गृहमन्त्री गुरुङले उद्धार प्रयासलाई निरन्तरता दिइरहेको स्पष्ट पारे।

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकाबारे उठेका प्रश्नमा उनले नुवाकोटको विदुर नगरपालिकालगायत प्रभावित क्षेत्रका स्थानीय तह संघीय सरकारसँग समन्वय गर्दै सक्रिय रूपमा उद्धार तथा राहत कार्यमा जुटिरहेको दाबी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै