रसुवा बाढीपछि अमेरिकी दूतावासको कार्यक्रम रद्द
काठमाडौं।रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकी दूतावास नेपालले शनिबार, अगस्ट २९ मा आयोजना हुने भनिएको ‘जेसिका लिन लाइभ इन नेपाल’ कार्यक्रम रद्द गरेको छ।

![]()
दूतावासले पुल्चोकस्थित द प्लाजामा आयोजना हुने तय भएको उक्त कार्यक्रम बाढीबाट उत्पन्न विपत्तिका कारण रद्द गरिएको जनाएको हो।
अमेरिकी दूतावासले बाढीमा ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गरेको छ।
दूतावासले कार्यक्रम रद्द गर्ने निर्णयप्रति बुझिदिन आग्रहसमेत गरेको छ।













