नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको विशेष अफर, सवारी कर्जाको प्रशासनिक शुल्कमा छुट
काठमाडौं।भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो–२०२६ लाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकले सवारी कर्जा लिन चाहने ग्राहकका लागि विशेष सुविधा ल्याएको छ। बैंकले अटो शो अवधिभर सवारी कर्जाको प्रशासनिक शुल्कमा विशेष छुट दिने जनाएको छ।
![]()
![]()
बैंकका अनुसार भदौ महिनाका लागि आधारदर ५.६४ प्रतिशत कायम रहेको छ। उक्त आधारदरका आधारमा सवारी कर्जा लिन चाहने ग्राहकले कर्जा सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ।
विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले निजी तथा व्यावसायिक सवारीसाधन खरिदकर्ताका लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ।



सवारी कर्जासम्बन्धी जानकारी, परामर्श तथा सहजीकरणका लागि ग्राहकले नाडा अटो शोमा रहेको बैंकको हल नम्बर ०४, स्टल नम्बर एन मा सम्पर्क गर्न सक्नेछन्।
नाडा अटो शोमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सवारी कर्जामा ब्याजदर, सेवा शुल्क तथा प्रशासनिक शुल्कमा छुटसहितका योजना सार्वजनिक गरिरहेका छन्। यसले सवारीसाधन खरिदकर्ताका लागि वित्तीय विकल्प थप सहज बनाएको छ।














