रसुवा बाढी विपत्तिबारे रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी
काठमाडौं।रसुवामा आएको भीषण बाढीबाट उत्पन्न विपत्तिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ।
बैठकमा रसुवाको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार तथा राहतका प्रयास र विपद् व्यवस्थापनका लागि आवश्यक पहलका विषयमा छलफल भइरहेको छ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ।












