बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि १५ लाख ७२ हजार सहयोग गर्ने
काठमाडौं।बुढानीलकण्ठ नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु. १५ लाख ७२ हजार आर्थिक सहायता संकलन गर्ने भएका छन्।
![]()
नगरपालिकाले कर्मचारीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।


रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।
नगरपालिकाले विपद् प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवालाबीच समन्वय र सहकार्य गर्नसमेत आग्रह गरेको छ।














