विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग – Sagarmathapana:: Online News Portal

विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

   २०८३ भाद्र ११ गते  

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको ठूलो बाढीबाट भएको जनधनको क्षतिपछि पाण्डेले बाढीपीडितको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गरेका हुन्।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै