भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए – Sagarmathapana:: Online News Portal

भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए

   २०८३ भाद्र ४ गते  

काठमाडौँ।भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङ्ग केसी तथा उहाँकी धर्मपत्नीले बिदाइ गरेका थिए।

नेपाल भ्रमणका क्रममा जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए। उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री तथा रक्षामन्त्री र प्रधान सेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।

नेपाली सेनाका अनुसार जनरल सेठको भ्रमणले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउन योगदान पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै