गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सर्यो

![]()
काठमाडौं।गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण भएको छ।
बैंकले २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाको निर्णयअनुसार लाजिम्पाटस्थित कार्यालयलाई काठमाडौं महानगरपालिका–३, बालुवाटारमा रहेको आफ्नै भवनमा स्थानान्तरण गरेको जनाएको छ।


बैंकका अनुसार नयाँ स्थानबाट बुधबार (भदौ ३ गते)देखि केन्द्रीय कार्यालयको सेवा सञ्चालनमा आएको छ। कार्यालय स्थानान्तरणसम्बन्धी जानकारी बैंकले आफ्ना ग्राहक तथा सम्बन्धित सबैलाई गराएको छ।
नयाँ केन्द्रीय कार्यालय राष्ट्रपति भवननजिकै, वडा नम्बर ३ को कार्यालय तथा नेपाल आर्मी कल्याणकारी बोर्डको कार्यालयको आसपासमा रहेको बैंकले जनाएको छ। थप जानकारीका लागि बैंकको वेबसाइट वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरिएको छ।















