एक महिने निःशुल्क एड्भान्स एआई तालिमका लागि आवेदन खुला
![]()
काठमाडौं।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक महिने निःशुल्क ‘एड्भान्स एआई’ तालिम सञ्चालन गर्ने भएको छ। तालिममा सहभागी हुन इच्छुकहरूका लागि प्रतिष्ठानले आवेदन फारम खुला गरेको छ।

प्रतिष्ठानका अनुसार तालिमका लागि भदौ २ गतेदेखि १५ गतेसम्म आवेदन दिन सकिनेछ। तालिम भने भदौ १८ गतेदेखि असोज २२ गतेसम्म सञ्चालन हुनेछ।


तालिम नेपाली समयअनुसार प्रत्येक दिन बेलुकी ७ बजेदेखि ९ः३० बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुने जनाइएको छ। इच्छुक सहभागीले निर्धारित अवधिभित्र आवेदन फारम भर्न सक्नेछन्।
आवेदन फारमको लिंक कमेन्टमा राखिएको छ।














