नेपालमा नयाँ इलेक्ट्रिक एसयूभी ‘नाम्मी भिगो ई२’ सार्वजनिक हुँदै
काठमाडौं।नेपालका लागि डोङफेङ नाम्मीका सवारीसाधनको आधिकारिक आयातकर्ता एमएडब्ल्यू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘नाम्मी भिगो ई२’ आज (अगस्ट १९) सार्वजनिक गर्ने भएको छ।
![]()

कम्पनीले भिगो ई२ लाई ‘फुल एसयूभी’का रूपमा बजारमा ल्याउन लागेको जनाएको छ। नयाँ भर्सनमा फराकिलो इन्टेरियर, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनलाई प्राथमिकता दिइएको छ।


नेपालमा नाम्मीका २ हजारभन्दा बढी विद्युतीय सवारीसाधन सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। यसले नेपाली बजारमा ब्रान्डप्रतिको ग्राहकको स्वीकार्यता बढ्दै गएको देखाएको कम्पनीको भनाइ छ।
नाम्मी भिगोले नेपालका विभिन्न कठिन भूगोलमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ। भिगोका सवारीसाधन मनाङ, मुस्ताङदेखि शुक्लाफाँटासम्म पुगेका छन्। यस्ता यात्राले नेपालको विविध सडक तथा भौगोलिक अवस्थाका लागि भिगोलाई सक्षम इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेको कम्पनीले जनाएको छ।


नयाँ भिगो ई२ मा पनि एसयूभीको विशेषता, फराकिलो केबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिइएको छ। दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त हुने गरी नयाँ भर्सन ल्याउन लागिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार भिगो ई२ को आधिकारिक मूल्य तथा विस्तृत स्पेसिफिकेसन आज हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ। नयाँ मोडलको आगमनसँगै नेपालमा बढ्दो इलेक्ट्रिक एसयूभी बजारमा नाम्मीको उपस्थिति थप बलियो हुने अपेक्षा गरिएको छ।













