टाटा कार्निभलको चौथो संस्करण बिहीबारदेखि, पुरानो गाडी साटेर नयाँ ईभी लैजान सकिने
काठमाडौँ।नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। यही भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने क्याम्पमा ग्राहकले पुरानो गाडी एक्सचेन्ज गरी टाटा मोटर्सका नयाँ विद्युतीय गाडी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी हालै नेपालमा सार्वजनिक गरिएका नयाँ पन्च ईभी र नयाँ टियागो ईभी खरिद गर्न सकिनेछ।



![]()
कार्निभल अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकले आकर्षक एक्सचेन्ज भ्यालुएसनसँगै आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान सुविधा पाउनेछन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित नेपालमा सार्वजनिक गरिएको थियो। नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्यागलगायतका सुविधा उपलब्ध छन्।














