कपिलवस्तुका दुई नगरपालिकामा सामुदायिक वन डाटा पोर्टल तालिम सम्पन्न – Sagarmathapana:: Online News Portal

कपिलवस्तुका दुई नगरपालिकामा सामुदायिक वन डाटा पोर्टल तालिम सम्पन्न

   २०८३ श्रावण १४ गते  

काठमाडौं।कपिलवस्तुको बाणगंगामा बुद्धभूमि नगरपालिका र बाणगंगा नगरपालिकालाई समेटेर सामुदायिक वन डाटा पोर्टलसम्बन्धी तालिम सम्पन्न भएको छ।

साउन १२ गते आयोजित तालिममा दुवै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, सूचना तथा सूचना प्रविधि (आईटी) अधिकृतहरूको सहभागिता रहेको थियो। साथै, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का प्रदेश उपाध्यक्ष, जिल्ला अध्यक्ष तथा स्थानीय महासंघका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिए।

तालिममा सामुदायिक वनसम्बन्धी तथ्याङ्कको डिजिटल व्यवस्थापन, सुरक्षित अभिलेखीकरण तथा प्रमाणमा आधारित योजना निर्माण र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो। सहभागीहरूलाई डाटा पोर्टल सञ्चालन, वनसम्बन्धी तथ्याङ्क व्यवस्थापन तथा प्रत्यक्ष डाटा प्रविष्टिको व्यावहारिक अभ्याससमेत गराइएको आयोजकले जनाएको छ।

यस तालिमले स्थानीय तहमा सामुदायिक वनसम्बन्धी सूचना व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै दिगो वन व्यवस्थापन तथा सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै