राष्ट्रिय दलित युवा सम्मेलन–२०२६ का लागि आवेदन खुला
काठमाडौं।दलित महिला संघ (फेडो) ले अधिकार, समानता र मर्यादाका लागि राष्ट्रिय दलित युवा सम्मेलन–२०२६ आयोजना गर्ने भएको छ। सम्मेलन अगस्ट ११ र १२ गते काठमाडौंमा आयोजना हुने जनाइएको छ।
सम्मेलनमा १८ देखि २४ वर्ष उमेर समूहका दलित युवा–युवती सहभागी हुन सक्नेछन्। कार्यक्रममा दलित युवाका अधिकार, सामाजिक न्याय, समानता तथा नेतृत्व विकासलगायत विषयमा छलफल, अनुभव आदान–प्रदान र नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताका विषयमा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।


आवेदन दिएका सहभागीमध्ये छनोट समितिको मूल्याङ्कनका आधारमा सहभागी चयन गरिने र छनोटमा परेकालाई मात्र जानकारी गराइनेछ। दलित युवालाई नेतृत्व विकास गर्दै सामाजिक परिवर्तनको अभियानमा जोडिन सम्मेलन महत्वपूर्ण अवसर हुने आयोजकको भनाइ छ। फेडोले दलित अधिकार, महिला सशक्तीकरण तथा नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएको छ।

आवेदन दिन इच्छुक १८–२४ वर्ष उमेरका दलित युवाले आयोजकले उपलब्ध गराएको आवेदन फारममार्फत आवेदन दिन सक्नेछन्।
आवेदन लिंक: आवेदन फारम भर्न यहाँ क्लिक गर्नुहोस्:- https://docs.google.com/forms/d/e/












