‘तीन तिघ्रे क्या बिग्रे’ फ्लोरमा, ‘गौथली’ले १० दिनमै कमायो ७ करोड ४२ लाख
![]()
काठमाडौं।रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ औपचारिक रूपमा छायाङ्कनमा गएको छ। पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको यो चलचित्र कमेडी जनरामा आधारित रहेको निर्माण पक्षले जनाएको छ।


![]()
चलचित्रबाट चार चर्चित अनुहारले ठूलो पर्दामा डेब्यु गर्दैछन्। फिल्ममा चर्चित लोकगायक पशुपति शर्मा, हास्य कलाकार प्रभात लामा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त तथा ‘भटभटे माइला’ पात्रबाट लोकप्रिय बनेका बेगम नेपाली मुख्य भूमिकामा देखिनेछन्। परितोषिका पन्त र बेगम नेपालीका लागि भने यो पहिलो नेपाली चलचित्र हुनेछ।
चलचित्रका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन्। निर्माण पक्षका अनुसार ‘तीन तिघ्रे क्या बिग्रे’ पूर्ण मनोरञ्जनात्मक कमेडी कथावस्तुमा निर्माण हुनेछ। चलचित्रको छायाङ्कन हिजोदेखि सुरु भएको हो।


यसैबीच, नेपाली चलचित्र ‘गौथली’ले प्रदर्शनको १० दिनमै ७ करोड ४२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाइएको छ। चलचित्रले दर्शकको राम्रो साथ पाएसँगै नेपाली फिल्म उद्योगमा उत्साह थपिएको छ।
एकातिर नयाँ चलचित्रको सुरुवात र अर्कोतिर प्रदर्शनमा रहेका चलचित्रको उत्साहजनक व्यापारले नेपाली चलचित्र उद्योग निरन्तर उचाइतर्फ अघि बढिरहेको संकेत गरेको छ।













