स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनी तीनदिने चीन भ्रमणमा बेइजिङ पुगे – Sagarmathapana:: Online News Portal

स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनी तीनदिने चीन भ्रमणमा बेइजिङ पुगे

   २०८३ श्रावण १२ गते  

काठमाडौं।स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनी तीनदिने राजकीय भ्रमणका लागि सोमबार चीनको राजधानी बेइजिङ पुगेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन पुगेका पेलेग्रिनीले भ्रमणका क्रममा राष्ट्रपति सीसँग द्विपक्षीय सम्बन्ध, आपसी हितका क्षेत्र तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा छलफल गर्ने बताइएको छ।

राष्ट्रपति बनेपछि पेलेग्रिनीको यो पहिलो चीन भ्रमण हो। भ्रमणका क्रममा चीन र स्लोभाकियाबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै