काठमाडौँसहित २८ जिल्लामा बाढीको जोखिम,नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह – Sagarmathapana:: Online News Portal

काठमाडौँसहित २८ जिल्लामा बाढीको जोखिम,नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

   २०८३ श्रावण ८ गते  

काठमाडौँ।आज काठमाडौँसहित देशका विभिन्न २८ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा ती जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो।

महाशाखाका अनुसार खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुमपूर्व, रुकुमपश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी तथा आसपासका जिल्लामा बाढीको जोखिम रहेको छ।

ससाना नदीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै