नबिल बैंकले एकैपटक तीन विधामा जित्यो युरोमनी अवार्ड – Sagarmathapana:: Online News Portal

नबिल बैंकले एकैपटक तीन विधामा जित्यो युरोमनी अवार्ड

   २०८३ श्रावण ८ गते  

काठमाडौं।नबिल बैंक लिमिटेडले प्रतिष्ठित ‘युरोमनी अवार्ड्स फर एक्सिलेन्स’ अन्तर्गत एकैपटक तीन विधामा अवार्ड प्राप्त गरेको छ।

नबिल बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि जितेको हो।

बैंकका अनुसार यी सम्मानले वित्तीय स्थायित्व, डिजिटल बैंकिङ रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास, वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) सम्बन्धी पहल र साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा बैंकले पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ।


नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारको बैंकप्रतिको विश्वासलाई प्रतिबिम्बित गरेको बताए। उनले सम्मानले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको बैंकको प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख गरे।

चार दशकभन्दा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकका २६ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ। बैंकले देशभर २६४ शाखा र ३१५ एटिएममार्फत सेवा दिँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै