घट्यो बजाजको ईएमआई:अब मासिक किस्ता-मूल्य झनै कम
काठमाडौं।नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई सहज किस्तामा मोटरसाइकल उपलब्ध गराउने उद्देश्यले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ।
नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ। यसअघि ग्राहकले अधिकतम ३ वर्षसम्मको फाइनान्स सुविधा पाउँदै आएका थिए। साथै, ऋणको ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ।
५ वर्षसम्मको सजिलो फाइनान्समा अब बजाज मोटरसाइकल, मासिक किस्ता र ब्याजदर दुवै घट्यो
कम्पनीका अनुसार ऋण अवधि बढेसँगै मासिक किस्ता उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे तथा परिवारका लागि बजाज मोटरसाइकलको स्वामित्व अझ सहज बन्नेछ।
नयाँ व्यवस्थाअनुसार प्लाटिना १०० ईएस को मासिक किस्ता करिब ३,२५५ रुपैयाँबाट २,१२४ रुपैयाँ मा झरेको छ भने डोमिनार ४०० को मासिक किस्ता ८,२२७ रुपैयाँबाट ५,३७० रुपैयाँ मा सीमित भएको कम्पनीले जनाएको छ। पल्सर सिरिजका विभिन्न मोडेलसहित प्लाटिना १०० ईएसदेखि डोमिनार ४०० सम्मका सबै बजाज मोटरसाइकलमा यो सुविधा लागू हुनेछ।
एचएच बजाजले यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता र मासिक बजेटलाई ध्यानमा राखेर ल्याइएको दीर्घकालीन सुविधा भएको जनाएको छ। कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) मार्फत देशभर रहेका एचएच बजाजका शोरुमबाट यो फाइनान्स सुविधा लिन सकिनेछ।












