फिफा विश्वकप २०२६ को फाइनल खेल आज राति NTV Plus बाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने – Sagarmathapana:: Online News Portal

फिफा विश्वकप २०२६ को फाइनल खेल आज राति NTV Plus बाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

   २०८३ श्रावण ३ गते  

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्रीले फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलपछि आज राति हुने बहुप्रतीक्षित फाइनल खेल पनि NTV Plus बाट नेपालभर निःशुल्क प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएका छन्।

सरकारको पहलमा नेपाली दर्शकले विश्वकपको फाइनल खेल कुनै अतिरिक्त शुल्क नतिरी राष्ट्रिय प्रसारण माध्यममार्फत प्रत्यक्ष हेर्न पाउने व्यवस्था गरिएको हो। यसअघि तेस्रो स्थानका लागि भएको खेल पनि NTV Plus मार्फत निःशुल्क प्रसारण गरिएको थियो।

विश्वकप फाइनल खेल विश्वभरका करोडौं फुटबल समर्थकको केन्द्रमा रहने अपेक्षा गरिएको छ। सरकारले सबै नेपाली दर्शकलाई सहज रूपमा खेल हेर्ने अवसर उपलब्ध गराउने उद्देश्यले निःशुल्क प्रसारणको व्यवस्था मिलाएको जनाएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै