विश्वकप २०२६: फ्रान्सलाई ६–४ ले हराउँदै इङ्ल्यान्ड तेस्रो – Sagarmathapana:: Online News Portal

विश्वकप २०२६: फ्रान्सलाई ६–४ ले हराउँदै इङ्ल्यान्ड तेस्रो

   २०८३ श्रावण ३ गते  

काठमाडौं।फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ। खेल अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सम्पन्न भएको हो।

इङ्ल्यान्डको जितमा बुकायो साका नायक बने। उनले ह्याट्रिकसहित तीन गोल गर्दै टोलीलाई शानदार जित दिलाए। यस्तै डेक्लान राइस, एजरि कोन्सा र इभान टोनीले समान एक–एक गोल गरे।

फ्रान्सका लागि कप्तान किलियन एमबाप्पेले दुई गोल फर्काए भने ब्राड्ली बार्कोलाले एक गोल गरे। फ्रान्सको अर्को गोल आत्मघाती गोलमार्फत प्राप्त भएको थियो। आक्रामक खेल प्रस्तुत गरेका दुवै टोलीबीच गोलको वर्षा भए पनि इङ्ल्यान्डले अवसरको राम्रो सदुपयोग गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

सेमिफाइनलबाट बाहिरिएका दुवै टोलीका लागि प्रतिष्ठाको रूपमा रहेको यो खेलमा इङ्ल्यान्डले प्रभावशाली प्रदर्शन गर्दै विश्वकप अभियान सुखद अन्त्य गरेको छ भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै