सोफा हब काठमाडौंको ‘Content Creator Award 2083’ सम्पन्न, अनिश चापागाईं प्रथम – Sagarmathapana:: Online News Portal

सोफा हब काठमाडौंको ‘Content Creator Award 2083’ सम्पन्न, अनिश चापागाईं प्रथम

   २०८३ श्रावण ३ गते  

काठमाडौं।सोफा हब काठमाडौंको छैटौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा कम्पनीले आयोजना गरेको ‘Content Creator Award 2083’ का उत्कृष्ट कन्टेन्ट क्रिएटरहरूलाई नगदसहित सम्मान गरेको हो।

कम्पनीका अनुसार प्रतियोगितामा ३२ जना सर्टलिस्ट कन्टेन्ट क्रिएटर सहभागी भएका थिए। भिडियोको गुणस्तर, सिर्जनात्मकता (क्रियटिभिटी) तथा ब्रान्ड प्रस्तुतिका आधारमा विजेता छनोट गरिएको थियो। प्रतियोगिताको निर्णायकमा कलाकार सन्दीप क्षेत्री र भिडियो निर्माता सम्राट अधिकारी रहेका थिए।

प्रतियोगितामा अनिश चापागाईं प्रथम हुँदै रु. १ लाख नगद पुरस्कार प्राप्त गर्न सफल भए। Team 444 द्वितीय हुँदै रु. ५० हजार नगद पुरस्कार जित्यो भने सागर पाण्डे र श्रीजन श्रेष्ठ संयुक्त रूपमा तृतीय हुँदै जनही रु. २५ हजार नगद पुरस्कार प्राप्त गरे।

साधारण सभामा कम्पनीको वार्षिक प्रगति, आगामी रणनीति तथा व्यवसाय विस्तारका योजनाबारे पनि विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा कम्पनीसँग आबद्ध सदस्य, साझेदार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा सोफा हब काठमाडौंका अध्यक्ष तारालाल धरेलले छैटौँ वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहक, शुभेच्छुक, साझेदार तथा सहयोगीहरूको निरन्तर साथ, सहयोग र विश्वास रहने अपेक्षा व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै