टेकुमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप,प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते – Sagarmathapana:: Online News Portal

टेकुमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप,प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते

   २०८३ श्रावण ३ गते  

काठमाडौं।राजधानीको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिक लागुऔषध नियन्त्रणका क्रममा प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार अवैध लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि कारोबारीहरूले आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको हो।

गोली लागेर घाइते भएका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाएको छ। घटनामा संलग्न रहेको आरोपमा घाइतेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पक्राउ परेका दुवैमाथि लागुऔषध कारोबार र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै