स्टेजकी परिचित अनुहार बिभुषा बस्नेत अब मिस नेपाल २०२६ को प्रतिस्पर्धामा,स्पार्कल इन्टरटेनमेन्टको शुभकामना – Sagarmathapana:: Online News Portal

स्टेजकी परिचित अनुहार बिभुषा बस्नेत अब मिस नेपाल २०२६ को प्रतिस्पर्धामा,स्पार्कल इन्टरटेनमेन्टको शुभकामना

   २०८३ श्रावण ४ गते  

काठमाडौं।मनोरञ्जन क्षेत्रकी परिचित प्रस्तोता तथा कार्यक्रम सञ्चालक बिभुषा बस्नेत अहिले ‘कजारिया नेपाल मिस नेपाल २०२६’ को प्रतिस्पर्धामा प्रतियोगी नम्बर १९ का रूपमा सहभागी भएकी छन्।

विगत चार वर्ष देखि स्पार्कल इन्टरटेनमेन्ट मार्फत विभिन्न सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूमा आधिकारिक होस्टका रूपमा आफ्नो प्रभावशाली प्रस्तुति दिँदै आएकी बिभुषाले आत्मविश्वास, नेतृत्व क्षमता र आकर्षक मञ्च प्रस्तुतीका कारण छुट्टै पहिचान बनाएकी छन्।

हाल लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ आई, नेपाल की उपाध्यक्षसमेत रहेकी बिभुषाको मिस नेपालको यात्रा केवल सौन्दर्य प्रतियोगितामा सीमित नभई नेतृत्व, सामाजिक उत्तरदायित्व र युवा सशक्तीकरणको सन्देश बोकेको यात्रा भएको संस्थाले जनाएको छ।

यसैबीच, स्पार्कल इन्टरटेनमेन्ट परिवारकी प्रमुख कार्यकारी अधिकृत (CEO) नीतु श्रेष्ठ ले बिभुषालाई सफलताको शुभकामना व्यक्त गर्दै भनिन्, “दयालु स्वभाव, अथाह प्रतिभा र सकारात्मक सोचकी धनी बिभुषा बस्नेतले मिस नेपालको यात्रामार्फत देश र समाजका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा आफूलाई स्थापित गर्नेछिन् भन्ने हाम्रो विश्वास छ।

बिभुषाले सामाजिक सञ्जालका चर्चाभन्दा पनि आफ्नो निडर व्यक्तित्व, करिश्मा र मञ्चमा देखाउने आत्मविश्वासबाट दर्शक र निर्णायकको मन जित्ने अपेक्षा गरिएको छ। मिस नेपालको ताजसँगै समाजमा सकारात्मक परिवर्तनको सन्देश फैलाउने लक्ष्य बोकेकी बिभुषाको यात्राप्रति शुभेच्छुकहरूले उत्साहजनक साथ र समर्थन जनाइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै