१२ वर्षमा रुद्रमती सफाइ अभियान : २.८७ लाख स्वयंसेवी परिचालन, ७,७६० टन फोहर संकलन – Sagarmathapana:: Online News Portal

१२ वर्षमा रुद्रमती सफाइ अभियान : २.८७ लाख स्वयंसेवी परिचालन, ७,७६० टन फोहर संकलन

   २०८३ श्रावण ४ गते  

काठमाडौं।रुद्रमती (धोबीखोला) नदी सफाइ अभियानले १२ वर्ष पूरा गरेको छ। २०७० सालदेखि सञ्चालन हुँदै आएको अभियानअन्तर्गत हालसम्म ६३७ हप्ताको निरन्तर सरसफाइबाट करिब ७ हजार ७६० मेट्रिक टन फोहर संकलन गरिएको छ।

अभियानका क्रममा २ लाख ८७ हजारभन्दा बढी स्वयंसेवी परिचालन भएका छन्। शिवपुरी जंगलबाट सुरु भएर वागमती नदीमा मिसिने ७.५८ किलोमिटर लामो रुद्रमती नदीलाई १० खण्डमा विभाजन गरी नियमित सरसफाइ गरिएको अभियानका संयोजकहरूले जानकारी दिएका छन्।

अभियानले १२ वर्ष पूरा गरेको अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘रुद्रमती स्मारिका’ विमोचन तथा सम्मान समारोह मा सार्वजनिक गरिएको विवरणअनुसार नागरिकको फोहर व्यवस्थापनसम्बन्धी आचरणमा अझै अपेक्षित सुधार हुन नसकेकाले नदी सफाइ अभियानको औचित्य अझै कायम रहेको निष्कर्ष निकालिएको छ।

कार्यक्रममा नदी संरक्षण, वातावरणीय सचेतना र नागरिक सहभागिता अझ प्रभावकारी बनाउँदै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै