आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार,९ बुँदे कार्ययोजना तयार
काठमाडौँ।सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गर्ने भएको छ ।
आगामी आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरूको सूची बुधबार संघीय संसदमा बुझाएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानुन सुधार र निर्माणको वर्षका रुपमा घोषणा गर्ने निर्णय गरेको हो ।
कानुन मन्त्री सोबिता गौतमले गौतमले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गरिने पनि बताइन् ।
‘आउने वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दैछौं । यो पालि अलि तयारी पुगेन । कानुन वर्षमा धेरै कुराहरु सुधारिन्छ । १६० भन्दा बढी कानुनहरु बनाउने टार्गेट छ । सबै मन्त्रालयले सहयोगले हामी लक्ष्यमा सफल हुनेछौं । अधिकतम लक्ष्यमा पुग्ने कोसिस हुन्छ,’ उनले भनिन्, ‘विकासको लागि सहज वातावरण निर्माण यो वर्ष पुरै कानुन सुधारमा लाग्छौं । कानुन निर्माणको वर्ष बनाउँछौं ।’
कानून सुधार तथा कानून निर्माण वर्षका लागि मन्त्रालयले ९ बुँदे कार्ययोजना तयारसमेत तयार पारिसकेको छ ।












