जगदम्बा मोटर्सले ल्यायो विशेष योजना:अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ किन्न सकिने
काठमाडौं।नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतीक्षित विद्युतीय गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गर्दै ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ।
कम्पनीले “गेस एन्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस” अभियान सञ्चालन गरेको हो। यस योजनाअन्तर्गत ग्राहकहरूले गाडीको आधिकारिक मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्ने अवसर पाउनेछन्। कम्पनीले सार्वजनिक गर्ने मूल्यसँग सबैभन्दा नजिक अनुमान गर्ने ग्राहकहरूले आफूले अनुमान गरेकै मूल्यमा गाडी किन्न सक्नेछन्।


योजनामा सहभागी हुन इच्छुकले कम्पनीले उपलब्ध गराएको अनलाइन प्लेटफर्ममार्फत आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ प्रयोग गरेर अनुमानित मूल्य लक गर्न सक्नेछन्। इ.मास ५ प्राइम भेरियन्टका लागि मूल्य दायरा रु. २९.९९ लाखदेखि ३४.९९ लाख र प्रिमियम भेरियन्टका लागि रु. ३४.९९ लाखदेखि ३९.९९ लाख तोकिएको छ।
कम्पनीका अनुसार नियमअनुसार सहभागी भएकामध्ये लक्की ड्र मार्फत प्रत्येक भेरियन्टबाट पाँच–पाँच जना विजेता छनोट गरिनेछ। उनीहरूले आफूले अनुमान गरेको मूल्यमै गाडी खरिद गर्न पाउनेछन्।

यसैबीच कम्पनीले रु. १ लाख बुकिङ रकम निर्धारण गर्दै प्रोटोन इ.मास ५ को बुकिङ पनि खुला गरेको छ। ग्राहकले बैंक वा अनलाइनमार्फत रकम भुक्तानी गरी प्रमाण अपलोड गरेर बुकिङ गर्न सक्नेछन्। अनलाइन बुकिङ गर्ने ग्राहकहरूमध्येबाट नै लक्की ड्रका विजेता छनोट गरिने कम्पनीले जनाएको छ।
प्रोटोन र जिलीको सहकार्यमा विकसित इ.मास ५ ले हालै मलेसियाको ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि जितेको थियो। कम्पनीका अनुसार नेपालमा यो आफ्नो सेगमेन्टकै पहिलो रियर-ह्विल-ड्राइभ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हुनेछ।
नेपालमा विद्युतीय सवारीसाधनको माग तीव्र रूपमा बढिरहेका बेला इ.मास ५ ग्राहकका लागि उत्कृष्ट विकल्प बन्ने विश्वास जगदम्बा मोटर्सले व्यक्त गरेको छ।













