प्रतिनिधिसभाबाट दुई विधेयक दफावार छलफलका लागि समितिमा
काठमाडौं। प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै विधेयकलाई सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गरेकी थिइन्। बैठकले उक्त प्रस्ताव स्वीकृत गर्दै विस्तृत छलफलका लागि विधेयकहरू समितिमा पठाएको हो।

यसअघि मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। अब सम्बन्धित समितिले विधेयकमाथि आवश्यक छलफल गरी सुझावसहित प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने प्रक्रिया अघि बढ्नेछ।













