प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आरेन राईको पुनः माग – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आरेन राईको पुनः माग

   २०८३ असार ३० गते  

काठमाडौं।श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसद्मा दिएको विवादास्पद अभिव्यक्ति अझैसम्म प्रतिनिधिसभाको रेकर्डबाट नहटाइएको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले आफूले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै सुनुवाइ नभएको बताए। उनले सरकार र संसद्को नेतृत्वप्रति असन्तुष्टि जनाउँदै, “प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो। तर ढुंगा बोल्ला, मान्छे बोल्दैन भनेजस्तै भएको छ,” भने।  

राईले संसद्मा उठाइएका गम्भीर विषयमा समयमै सम्बोधन हुनुपर्ने उल्लेख गर्दै संसद्को गरिमा र संसदीय परम्पराको सम्मान गर्न सरकारलाई आग्रह गरे। प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेको विवाद समाधानका लागि आवश्यक कदम चाल्न उनले पुनः माग गरेका छन्।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै