नारायणगढ–मुग्लिङ सडक अवरुद्ध,धादिङका विभिन्न स्थानमा सवारी रोकियो – Sagarmathapana:: Online News Portal

नारायणगढ–मुग्लिङ सडक अवरुद्ध,धादिङका विभिन्न स्थानमा सवारी रोकियो

   २०८३ असार ३० गते  

काठमाडौं।नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा सवारीको चाप कम गर्न धादिङका जोगीमारा, बेनीघाट, मलेखु, गजुरी र गल्छी लगायतका स्थानमा लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन्।

यस्तै, निरन्तर वर्षाका कारण थप पहिरो र बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले राजधानी प्रवेश गर्ने सवारीसाधनलाई खानीखोला क्षेत्रमा रोकेको छ। काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई भने नागढुङ्गा प्रहरीले नागढुङ्गाबाटै फर्काइरहेको जनाएको छ।

प्रहरीले मौसममा सुधार र सडक सुरक्षित भएपछि मात्रै सवारी सञ्चालन गरिने जानकारी दिँदै अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै