स्थानीय तहमा व्यापक कर्मचारी हेरफेर, ११२ प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा – Sagarmathapana:: Online News Portal

स्थानीय तहमा व्यापक कर्मचारी हेरफेर, ११२ प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतको सरुवा

   २०८३ असार ३० गते  

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा कार्यरत ११२ जना कर्मचारीको सरुवा गरेको छ।

सोमबार मन्त्रालयले गरेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृत तहका कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरिएको हो। सरुवामार्फत विभिन्न पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएका छन् भने शाखा अधिकृतहरूको पनि कार्यक्षेत्र हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्थानीय तहमा प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, सुशासित र सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत कर्मचारी सरुवा गरिएको हो।

सरुवासम्बन्धी विस्तृत नामावली तथा नयाँ कार्यस्थल मन्त्रालयले सार्वजनिक गरेको निर्णयमा समावेश गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै