नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकको १५ वर्ष पूरा,४० हजारभन्दा बढी श्रवण परीक्षण सम्पन्न
काठमाडौं।नेपाल हियरिङ एण्ड स्पिच क्लिनिकले श्रवण (हियरिङ) तथा वाणी (स्पिच) उपचार सेवामा १५ वर्ष सफलतापूर्वक पूरा गरेको छ। क्लिनिकले डेढ दशकको अवधिमा ४० हजारभन्दा बढी श्रवण परीक्षण, २५ हजारभन्दा बढी हियरिङ एड फिटिङ तथा ६० भन्दा बढी कक्लियर इम्प्लान्ट सेवा प्रदान गरेको जनाएको छ।
थापाथलीस्थित मुख्य कार्यालयसहित विराटनगर, पोखरा र नेपालगञ्जमा शाखा विस्तार गरेको क्लिनिकले भक्तपुरको बीपीआई फाउन्डेसन, पुल्चोकस्थित अरुस लाइफस्टाइल अस्पताल र ग्वार्कोस्थित बीएनबी अस्पतालमा पनि अडियोलोजी सेवा सञ्चालन गर्दै आएको छ।

क्लिनिकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको साउन्डप्रुफ अडियोलोजी कक्ष रहेको छ, जसले श्रवण परीक्षणलाई अझ सटीक र विश्वसनीय बनाउने विश्वास व्यक्त गरिएको छ। उच्च प्रविधियुक्त ध्वनि–रोधक संरचना र आधुनिक उपकरणको प्रयोगबाट सेवाको गुणस्तर बढाइएको क्लिनिकको भनाइ छ।
नेपाल हियरिङ एण्ड स्पिच क्लिनिक फोनेक, सिग्निया र स्टार्कीलगायत अन्तर्राष्ट्रिय ब्रान्डका हियरिङ एडहरूको नेपालका लागि आधिकारिक वितरक पनि हो। हियरिङ एड छनोटदेखि फिटिङ, प्रोग्रामिङ, वारेन्टी, मर्मत, नियमित फलोअप तथा आजीवन प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको क्लिनिकले जनाएको छ।

क्लिनिकका अध्यक्ष तथा संस्थापक पुरुषोत्तम भुर्तेलको नेतृत्वमा ३५ भन्दा बढी अडियोलोजिस्ट, स्पिच–ल्याङ्ग्वेज प्याथोलोजिस्ट तथा अन्य विशेषज्ञ जनशक्ति कार्यरत छन्। क्लिनिकले १५ वर्षे यात्रालाई सेवा, विश्वास र व्यावसायिक उत्कृष्टताको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै आगामी दिनमा आधुनिक प्रविधि र सेवाग्राही–केन्द्रित उपचार प्रणालीमार्फत श्रवण तथा वाणी उपचार सेवालाई अझ प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ।












