दुई साताका लागि प्रतिनिधिसभा बैठक स्थगित, साउन १४ मा बस्ने तयारी
काठमाडौं।प्रतिनिधिसभाको बैठक करिब दुई साताका लागि स्थगित हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकपछि अर्को बैठक साउन १४ गते बोलाउने सहमति भएको हो।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा साउनको दोस्रो साताको अन्तिमतिर अर्को बैठक राख्ने विषयमा छलफल भएको र साउन १४ गते बैठक बोलाउने समझदारी बनेको एक सदस्यले जानकारी दिए।
यस सम्बन्धमा सभामुखले प्रतिनिधिसभा बैठकमै औपचारिक जानकारी गराउने जनाइएको छ।
आजको बैठकमा निर्धारित कार्यसूचीअनुसारका विषयमा छलफल भएपछि बैठक स्थगित गरिनेछ। त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बस्ने तयारी गरिएको छ।












