बझाङमा चट्याङले १०० भेडा मरे, किसानलाई तत्काल क्षतिपूर्ति दिन महरको माग – Sagarmathapana:: Online News Portal

बझाङमा चट्याङले १०० भेडा मरे, किसानलाई तत्काल क्षतिपूर्ति दिन महरको माग

   २०८३ असार २५ गते  

काठमाडौं।नेकपा (एमाले) का प्रमुख सचेतक एन बहादुर महरले बझाङमा चट्याङका कारण ठूलो पशुधन क्षति भएको भन्दै पीडित किसानलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले बझाङको सुर्मा गाउँपालिका–२ मा असार २२ गते राति परेको चट्याङबाट रणबहादुर बोहोरा र लालचन्द्र बोहोराका करिब १०० वटा भेडा मरेका तथा थप करिब ५० वटा घाइते भएको जानकारी दिए।

उनका अनुसार उक्त घटनाबाट किसानलाई ३० देखि ४० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको छ। पशुपालन नै उनीहरूको मुख्य जीविकोपार्जनको आधार भएकाले सरकारले ढिलाइ नगरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनले जोड दिए।

महरले कृषि क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने सरकारी नीति सफल बनाउन यस्ता विपद्बाट प्रभावित किसानको संरक्षण र पुनःस्थापनामा विशेष ध्यान दिन आवश्यक रहेको बताए। उनले पीडित किसानलाई तत्काल सहयोग उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै