NAIMA Nepal Mobility Expo 2026 मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
काठमाडौं: नेपाल अटोमोबाइल इम्पोर्टर्सएन्डम्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA)ले काठमाडौंस्थित दसोल्टी होटलमा पत्रकारसम्मेलन गरी NAIMA Nepal Mobility Expo 2026 सम्बन्धी मुख्य विवरणसार्वजनिक गरेको छ।सञ्चारकर्मीहरू, प्रायोजक तथा साझेदारहरू, प्रदर्शकहरू, NAIMA बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरूतथा नेपालको अटोमोबाइल रमोबिलिटीक्षेत्रका सरोकारवालाहरूको उल्लेखनीयउपस्थितिमा दोस्रोसंस्करणको नाइमा नेपालमोबिलिटी एक्स्पोका मुख्य विवरणहरुसोमबारसार्वजनिक गरिएको हो ।
NAIMA Nepal Mobility Expo 2026यही ११ देखि १६ अगस्ट२०२६ अर्थात् २०८३साउन २६ देखि ३१ गतेसम्मकाठमाडौंकोभृकुटीमण्डपमा आयोजना हुनेछ।नेपालकै सबैभन्दा ठूलोअटोमोबाइल तथामोबिलिटी एक्सपोका रूपमा आयोजना हुनेयसप्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र४० भन्दा बढी नयाँ लन्चरहनेछन्। एक्सपोमादुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथामोबिलिटीसम्बन्धी अन्यउत्पादनहरू समेटिनेछन्।


पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंहवैद्यले NAIMA एकवर्षअघि नेपालकाअटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूसमेट्ने२१ सदस्य कम्पनीबाट सुरु भएको र हाल३६ प्रमुख सदस्य कम्पनीमाविस्तार भएकोजानकारी दिनुभयो । उहाँका अनुसार, यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।
अध्यक्ष वैद्यले नाइमाको दृष्टि“Empowering Growth Through Mobility” र मिसन “Mobility for All”एक्सपोमा मात्र सीमितनभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवाप्रवाहर आर्थिक वृद्धिसँग जोडिएको नाइमाकोसमग्र कार्यदिशामाप्रतिबिम्बित भएकोबताउनुभयो। उहाँले मोबिलिटीसुधारिँदाअवसरहरू विस्तार हुने तथा मानिसकागतिविधि र व्यवसाय सहजरूपमा चलायमानहुन सके देश अघि बढ्ने उल्लेख गर्नुभयो।


उहाँले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रकोसुधारका लागि निरन्तरवकालत, पहिलोसंस्करणको एक्सपो सफलतापूर्वक सम्पन्न, काठमाडौं उपत्यकाका १,६१० ट्राफिक प्रहरीकर्मचारीका लागि क्षमताअभिवृद्धि तालिमसहयोग, हालैका प्रदर्शनका क्रममा गम्भीरक्षतिपुगेका कार्यालयहरूको पुनर्निर्माणकालागि आकस्मिक सहयोग, काठमाडौं उपत्यकाट्राफिक प्रहरी कार्यालय तथा यातायातव्यवस्थाविभागलाई सहयोग लगायतकामहत्वपूर्ण कार्य गरेको जानकारीदिनुभयो।साथै, नाइमाले सरकारी निकायहरूसँगसहकार्य गर्दै ट्राफिकव्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय रअन्तर्राष्ट्रियविज्ञहरूको सहभागितामा कार्यशालाहरूसञ्चालन गर्दैआएको उहाँले बताउनुभयो।
अध्यक्ष वैद्यले नाइमाले NAIMA Mobility Expo र NAIMA Monthly Mobility Sambaad जस्ता प्रमुखकार्यक्रमहरूसंस्थागत गरिसकेको तथाNAIMA Mobility Journal रNAIMA Capacity Building Training Sessions सुरुगरिसकेको जानकारीदिनुभयो। त्यस्तै एक्सपोको टिकटआम्दानीकोकम्तीमा १० प्रतिशत अनुसन्धानफेलोसिप तथा तालिम पहलका लागिछुट्याइनेर सो फेलोसिपमार्फत तयार हुने अनुसन्धानतथा लेखहरूNAIMA Mobility Journalमा प्रकाशित गरिने पनि उहाँलेबताउनुभयो।साथै, नाइमाले आगामी दिनमा NAIMA Mobility Conclave आयोजना गर्ने रविशेषगरी शिक्षा मन्त्रालयसहितनेपालसरकारसँग सहकार्य गर्दै मोबिलिटीक्षेत्रमा सीप अभिवृद्धि तथारोजगारी सिर्जनामाकेन्द्रित तालिम कार्यक्रमहरू व्यवस्थित गर्नेयोजनारहेको पनि उहाँले उल्लेख गर्नुभयो।

पत्रकार सम्मेलनमा सदस्य तथा उद्योगसरोकारवालाहरूबाट आएकोउच्च मागलाईध्यानमा राख्दै नाइमाले कमर्सियल मोबिलिटीब्रान्ड रसम्बन्धित सरोकारवालाहरूलाई लक्षितगरी थप मोबिलिटी एक्सपोआयोजना गर्नेविषयमा पनि विचार गरिरहेको जानकारीदिइयो। स्थानअभावका कारण केही इच्छुकसदस्य तथा सरोकारवालाहरूलाई स्टलउपलब्धगराउन नसकिएकोमा अध्यक्ष वैद्यले दु:ख व्यक्तगर्दै नेपालमाअझ ठूलो र आधुनिक प्रदर्शनीपूर्वाधार आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा नाइमाका बोर्ड सदस्य श्री सन्दीपशारडाले पनि आफ्नो धारणाराख्दै निजी क्षेत्रराष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भभएकोबताउनुभयो। उहाँले यस्ता प्रदर्शनीहरूलेव्यवसायिक गतिविधि विस्तार, लगानीकोवातावरण निर्माण, रोजगारी सिर्जना र समग्रआर्थिक गतिशीलताअभिवृद्धिमा महत्वपूर्णयोगदान पुर्याउने उल्लेख गर्नुभयो।
त्यस्तै एक्सपोका प्रमुख विशेषताबारे जानकारीदिँदै NAIMA Auto Show Planning Committee का संयोजक गौरव शारडालेगतवर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृतगर्दै सन् २०२६ कोसंस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्रीबनाइनेबताउनुभयो। उहाँले यस वर्षकोएक्सपोलाई नेपालको अटोमोबाइलतथामोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिककार्यक्रम बनाउननाइमाले कुनै कसर बाँकीनराख्ने प्रतिबद्धता जनाउनुभयो।
समिति संयोजक शारडाले मनसुनलाई ध्यानमाराख्दै एक्सपोमा विशेषव्यवस्था गरिएकोबताउनुभयो । उहाँले अपाङ्गता भएकाव्यक्तिहरूकालागि समेत सहज र उपयुक्त हुनेगरी प्रदर्शनीस्थलको व्यवस्थापनगरिनेजानकारी दिनुभयो। आगन्तुकहरूकोसहजताका लागि नेपालपुलिस क्लबमा पार्किङसुविधा उपलब्ध हुनेछ । पठाओलेराइडपार्टनरका रूपमा एक्सपो अवधिभरभृकुटीमण्डप आउने–जाने यात्राकालागिछुटसहितको राइड सेवा उपलब्ध गराउनेछ भनेयुनियन पेलेक्यूआर पार्टनरका रूपमा युनियन पेक्यूआर प्रयोग गरी टिकट खरिदगर्दाक्यासब्याकसुविधा उपलब्ध गराउनेछ।
यस वर्षको एक्सपोको अर्को प्रमुख आकर्षणनेपाल पुलिस क्लबकोब्लु पेभिलियनकोAuditorium Hall मा लर्निङ सेसनहरुआयोजनाहुनेछन्। यी सेसनहरुमा सहभागी हुनकुनै शुल्क तिर्नुपर्दैन । यी सत्रहरूविज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथाप्रभावशालीव्यक्तित्वहरूको नेतृत्वमा सञ्चालनहुनेछन्। सत्रहरूमा मोबिलिटी, प्रविधि, सडकसुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी रनेपालकोमोबिलिटी क्षेत्रको भविष्यजस्ता विषयसमेटिनेछन्।
एक्सपोका Co-Sponsor Global IME Bank Ltd. का तर्फबाटडेपुटी प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेललेनाइमासँगनेपालको सबैभन्दा ठूलो अटोमोबाइलतथा मोबिलिटी एक्सपोमासहकार्य गर्न पाउँदाबैंक खुसी लागेको बताउनुभयो। उहाँलेमोबिलिटी, आर्थिक गतिविधि, उद्यमशीलता, रोजगारी र वित्तीय पहुँचबीच गहिरोसम्बन्धरहेको उल्लेख गर्दै नाइमासँग दीर्घकालीनसहकार्यको बलियोसम्भावना रहेको उल्लेखगर्नुभयो। साथै, एक्सपोमाआगन्तुकहरूकालागि विशेष बैंकिङ तथा वाहनवित्तीय सुविधाहरू उपलब्ध गराइने पनिउहाँलेजानकारी दिनुभयो।
रेड बुल नेपालका तर्फबाट मार्केटिङ प्रमुख श्रयकृष्ण श्रेष्ठले रेड बुलPowered By category अन्तर्गत Beverage Partnerका रूपमाNAIMA Nepal Mobility Expo 2026 सँग आबद्ध हुन पाउँदाखुसीव्यक्त गर्नुभयो। उहाँले नाइमाले तालिम, सचेतना अभियान, आकस्मिकसहयोग र क्षेत्रकेन्द्रित कार्यक्रमहरू गर्दै आएकोमा प्रशंसा गर्दैएक्सपोअवधिमा रेड बुलले आकर्षककार्यक्रमहरु प्रस्तुत गर्ने जानकारीदिनुभयो।
NAIMA Nepal Mobility Expo 2026लाई ग्लोबल आईएमईबैंकले को–स्पोन्सरकारूपमा र रेड बुलले पावर्ड बाई स्पोन्सरकारुपमाबेभरेज पार्टनरका रूपमा सहयोग गरेकाछन्।
यसैगरी, एक्सपोमा एनएमबी बैंक लिमिटेड रसिद्धार्थ बैंक लिमिटेडबैंकिङ पार्टनर, सगरमाथालुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडइन्स्योरेन्सपार्टनर, बोस नेपाल (BOSCH Nepal)प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइडपार्टनर, ग्लोबल कलेज अफम्यानेजमेन्टएजुकेसन पार्टनर, एजाइल इन्जिनियरिङसोलुसन्सप्रा.लि. र अग्नि इनर्जी प्रा.लि. चार्जिङपार्टनर, एक्वा मिनरल्स प्रा.लि. हाइड्रेसनपार्टनर, आईएमई खल्ती लिमिटेड टिकटिङपार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटीपार्टनर, नर्भिक इन्टरनेसनल अस्पतालहेल्थपार्टनर, वत्सल इम्पेक्स प्रा.लि. (Hikvision)सर्भिलेन्स पार्टनर, हिट्को प्राइभेट लिमिटेडअग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंककम्युनिकेसन्स लिमिटेडकनेक्टिभिटी पार्टनर, पायोनियरइभेन्टम्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्सडिजिटल पार्टनर, एटीएस नेपाल सवारीसुरक्षातथा पार्किङ समाधान पार्टनर, प्रफिटमिडिया प्रकाशन पार्टनर तथामिडिया स्पेससोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमाआबद्धछन्।
नाइमाले आफ्ना बोर्ड सदस्यहरू, सदस्यकम्पनीहरू, Auto Show Planning Committee, सचिवालय, प्रायोजक, साझेदार, प्रदर्शक, सञ्चारकर्मी तथा सबैसरोकारवालाहरूलाई सहयोग रसहकार्यकालागि धन्यवाद व्यक्त गरेको छ।
पत्रकार सम्मेलनको सहजीकरण नाइमाकाकार्यकारी निर्देशकराजकुमार दुलाललेगर्नुभएको थियो। कार्यक्रममा उहाँलेनाइमाएक्स्पोलाई प्रदर्शनी र सिकाइको उत्कृष्टर बृहत स्थल बनाउन चाहेकोबताउनुभयो ।नाइमाले परिवार, विद्यार्थी, पेशाकर्मी, उद्यमी, नीतिनिर्माता, सञ्चारकर्मी तथा आमसर्वसाधारणलाई ११ देखि १६ अगस्ट२०२६सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजनाहुने NAIMA Nepal Mobility Expo 2026 मा सहभागी भई नेपालको सबैभन्दाठूलोमोबिलिटी प्लेटफर्मको हिस्सा बन्न आमन्त्रणगरेको छ।












